"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १८:२०


प्रतिपक्षका सांसदहरु माग राख्दै विरोधमा काठमाडौँ, २८ वैशाख ः प्रतिनिधिसभाको चौथो अधिवेशनको पहिलो दिन शुक्रबार सुरू भएको बैठकमा सहकारी छानविन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षका सांसदहरू विरोध गर्दै । तस्बिर : रत्न ७नतसेष्ठ/रासस

काठमाडौँ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो  ।

कांग्रेस महामन्त्री गगन थापालाई सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका थिए । त्यसक्रममा उनले संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारबाही अघि बढ्न नदिने घोषणा गरे । गृहमन्त्री रवि लामिछानेकाबारेमा अनेक प्रमाण रहेकोमा उनले महान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको थापाले बताए ।

प्रतिनिधि सभाको बैठक सुरु भएपछि सभामुखले अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसपछि सभामुखले बैठकमा अधिवेशन सुरु भएकोमा त्यसबारे आफ्नो सन्देश सुनाएका थिए । नवनिर्वाचित सांसदहरूलाई बधाई दिएका थिए । त्यसपछि नियमित कार्यसूचीमा बैठक अघ बढाउन खोज्दा कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए । उनीहरूको विरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेसका गगन थापालाई सुरूमा ३ मिनेट बोल्न समय छुट्याएका थिए । तीन मिनेटको समय कम भन्दै कांग्रेस सांसदहरूले विरोध गरे । त्यसपछि सभामुखले समय निर्धारण मैले गर्न कि तपाईंहरूले भन्दै जवाफ दिए ।

त्यसपछि बोल्ने समय पाएका कांग्रेसका गगन थापाले सदन चलाउने जिम्मा कांग्रेसले लिन नसक्ने भन्दै छानबिन समिति नबन्दा सम्म कुनै कारबाही अघि नबढ्ने धारणा राखे । थापाले बोलेपछि सभामुखले नियमित कार्यसूचीमा अघि बढ्न खोजेका थिए । त्यसपछि कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

कांग्रेस सांसदहरुले वेल घेरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते