"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कतारका अमिरसँग राष्ट्रपतिको आग्रह : विपिन जोशीको रिहाइका लागि पहल गरिदिनुस्

प्रकाशित मिति :  ११ बैशाख २०८१, मंगलवार १९:१८


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।

आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताउँदै रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने जवाफ दिएका राष्ट्रपतिका सल्लाहकार पोखरेलले बताए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ।

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको