"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै ल्याउने तयारीमा सरकार

प्रकाशित मिति :  ३० चैत्र २०८०, शुक्रबार १३:०६


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको उनले बताइन् ।

सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै  स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन् ।

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् ।  उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा विशेष छानविन गर्न माग गरेको छ।

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित

काठमाडौँ- नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय

काठमाडौँ – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ। शनिबार बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार