"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कानुन बनाएर सम्पत्ति छानबिन हामीबाटै सुरुवात गरौँ : महामन्त्री थापा

प्रकाशित मिति :  २८ चैत्र २०८०, बुधबार १२:११


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू जबाफदेही हुनुपर्ने बताएका छन्। कानून र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने थापाले बताए।

संसदमा पछिल्लो समय ०४७ यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने कुरा उठेको र यो विषय सकारात्मक भएको थापाले बताए। तर यसका लागि कानून आवश्यक रहेको उनको भनाइ छ। कानून बनाउन आफूले पनि संशोधन हालेको थापा बताउँछन्।

‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्वप्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा बुधबार महामन्त्री थापाले भने, ‘जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार मानिसलाई कहीँ न कहीँ दण्ड पाउनुपर्छ भनेर डर सिर्जना गरौं। नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस्।’

सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो