"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई हराउदै नेपालले जित्यो उपाधि

प्रकाशित मिति :  २५ चैत्र २०८०, आईतवार १७:०४


काठमाडौं । गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को

काठमाडौं – श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज

काठमाडौँ- सन् २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएयता अधिकांश टिमका कप्तान विदेशी खेलाडी रहे। २००८ मा ‘आइकन’ खेलाडीको सुरुवात