"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बरोडासँग नेपाल ३७ रनले पराजित

प्रकाशित मिति :  २३ चैत्र २०८०, शुक्रबार १७:०३


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम भारतको रणजी टिम बरोडासँग ३७ रनले पराजित भएको छ। शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो।

यसअघि लगातार तीन खेलमा जित निकालेको नेपाल फाइनल भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ। नेपालले लिग चरणमा गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो।

 शुक्रबार ब्याटिङमा नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे।  ओपनर कुशल भुर्तेल १६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर अनिल साहले १ रन मात्र जोड्न सके। गुल्सन झा २ रनमा पेभिलियन फर्कदा विवेक यादवले १७ रन बनाए। करण केसी ० र प्रतिश जिसी ६ रन जोडेर आउट भए। कुशल मल्ल पनि १९औं ओभरमा ३ आउट हुँदा नेपालको आसा सकिएको थियो। 

बलिङमा बरोडाका ध्रुव पटेलले ४ विकेट र लक्षित तोक्सियाले ३ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोड्यो।  उसका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन, अमित पासीले २६ रन जोडे।  बलिङमा नेपालका करण केसी र गुल्सन झाले २-२ विकेट लिए। आकास चन्द, ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ।

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको