"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वाइडबडी खरिद प्रकरण : पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  २२ चैत्र २०८०, बिहीबार १८:०१


काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित ३२ विरुद्ध मुद्दा दायर गरेको छ ।

त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी प्रतिवादी रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो । करिब १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैया हानीनोक्सानी गरेको अभियोग उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।

यो प्रकरणमा बहालवाला सहसचिव बुद्धसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् । उनी पर्यटन मन्त्रालयका सहसचिव हुन् ।वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौैला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाह लगायत पनि प्रतिववादी छन् ।

पूर्वमन्त्री शाही कर्णाली प्रदेश सभाका सांसद र पूर्वमुख्यमन्त्री समेत हुन् । उनी पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए । यो प्रकरणको अनुसन्धानमा तानिएका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र दिलनाथ गिरीको भने संलग्नता पुष्टि नभएकाले अभियोग दायर नभएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा १३

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२०