"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षा मन्त्री सुमनालाई नेविसंघको ध्यानाकर्षण

प्रकाशित मिति :  28 March, 2024 3:15 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीका उत्तरपुस्तिका हराएको भन्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेका छन्।

गत वैशाखमा विद्यार्थीले जनसंख्या विषयको परीक्षा दिए पनि एक सय ८३ विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। परीक्षा नियन्त्रण कार्यालयबाटै हराएका ती उत्तरपुस्तिका खोजी भइरहेको त्रिविको भनाइ छ।

त्रिविले केही क्याम्पसमा लिएका परीक्षाको उत्तरपुस्तिका हराएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न चितवनको रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकेको थियो। परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका निकालेर पुन: परीक्षा दिन भनेको थियो।

विद्यार्थीका उत्तरपुस्तिका हराएकोबारे छानबिन गरी दोषीमाथि कारबाही सिफारिस भइसके पनि अहिलेसम्म कारबाही नभएको भन्दै नेविसंघले बिहीबार उपकुलपति कार्यालयमा प्रदर्शन गरेको हो। उपकुलपतिले दोषीमाथि कारबाही प्रक्रिया अघि नबढाएकोले प्रदर्शन गरिएको नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले बताए।

‘उत्तरपुस्तिका हराएको विषयमा छानबिनबाट कारबाही सिफारिससमेत भइसकेको अवस्थामा छ तर उपकुलपतिले कारबाही प्रक्रिया चाल्नु भएको छैन, तत्काल दोषीमाथि कारबाही गरियोस्,’ उनले भने। साथै नेविसंघले त्रिवि रजिष्ट्रार र रेक्टर नियुक्ति पारदर्शी ढंगबाट अघि बढाउन पनि माग गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन