"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाए

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार १३:१०


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठकबारे कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या