"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नगरप्रमुखसहित पाँचविरुद्ध करोड बढीको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  27 March, 2024 8:07 pm


काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पासमानसहित नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई बोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउन बोलपत्र आव्हानका लागि निर्णय गरी एक करोड आठ लाख रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालना नगरी प्रशासनिक भवन बनाउन सम्झौता गर्ने निर्णय गरेको र सोही सम्झौताको आधारमा म्याद समाप्त भइसक्दा पनि पेस्की रकम भुक्तन दिएको आरोप लागेको छ ।

यसैगरी, निर्माण व्यवसायी महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले पेस्की भुक्तानी लिई निर्माण कार्य सुरु नगरेको र एडभान्स पेमेन्ट ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरी भ्रष्टाचार गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुनेसरह नै जरिवाना र बिगो असुल हुन मागदाबी लिई बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा