"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

प्रकाशित मिति :  ९ चैत्र २०८०, शुक्रबार ११:२०


काठमाडौँ । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ। गएराति बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल ५-० गाेलअन्तरले पराजित भएकाे हाे।

बहराइनको टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले समान १/१ गोल गरे। नेपाली टिमले बल नियन्त्रणमा लिए पनि गाेल गर्न भने सकेन।

नेपालले यसअघि विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेलेको थियो। साे खेलमा नेपाली टिम १–५ गोल अन्तरले पराजित भएको थियो। दोस्रो चरणको विश्वकप छनोटमा पनि नेपाल र बहराइन भिड्नेछन्। खेल चैत १३ गते हुँदैछ।

विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार

काठमाडौं। शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट

इलाम । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५