"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा कांग्रेसले आज पनि उठायो छानबिन समितिको माग

प्रकाशित मिति :  ७ चैत्र २०८०, बुधबार १२:५६


काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा पनि कांग्रेसले सहकारीको रकम अपचलनको अभियोग लागेका गृहमन्त्रीको संलग्नताबारे जाँचबुझ गर्न छानबिन समिति माग गरेको हो । 

आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले यस प्रकरणमा प्रधानमन्त्रीको जवाफपछि सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे निष्पक्ष अनुसन्धान हुने स्थिति नदेखिएको भन्दै छानबिन समिति नै बनाउनुपर्ने अवस्था आएको बताइन् । 

सहकारीको रकम चलाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीकै भनाइ बाझिएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले हिजो जवाफ दिने क्रममा रवि लामिछानेले पोखराको सहकारीबाट लिएको रकम फर्स्याेट भइसकेको पाइएको बताउनुभयो । तर, केही दिनअघि पोखरामै पत्रकार सम्मेलन गरेर रवि लामिछानेले नै आफूले कुनै सहकारीबाट पैसा नलिएको र कुनै सहकारीमा आफू सदस्य पनि नरहेको बताउनुभएको थियो,’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले झुट बोल्नुभयो कि रवि लामिछानेले ?’

प्रधानमन्त्री र गृहमन्त्रीकै कुरा बाझिएकाले पनि निष्पक्ष छानबिनका लागि समिति बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले सहकारी ठगीको विषयलाई कांग्रेसले राजनीतीकरण गर्न खोजेको भन्ने विषयको प्रतिवाद गर्दै कांग्रेसले हिजो सत्तामा हुँदा पनि पटकपटक यो विषय उठाएको स्मरण गराइन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका