"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले भने – लामिछानेको विषयलाई राजनीतिकरण नगरौँ

प्रकाशित मिति :  ६ चैत्र २०८०, मंगलवार १३:३०


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । सुशासनमा आफूले सम्झौता नगर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । 

कांग्रेसले संसद्मा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए । ‘सुशासन कायम गर्ने सम्बन्धमा कुनै सम्झौता गर्दैन । आफ्नो र अरुको पार्टी भन्नेमा कुनै फरक गर्दैन,’ लामिछानेबारे प्रधानमन्त्रीले भने, ‘सहकारीको मुद्दा बुझाइसक्दासम्म उहाँको नाम केही छैन । अनुसन्धानबाट कैफियत देखिएमा उहाँलाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्ने छैन ।’

प्रधानमन्त्री दाहालले उजुरी पर्दैमा राजीनामा गर्ने सहमति गर्न सकिन्छ त ? भनेर कांग्रेसलाई प्रश्न गरेका थिए । ‘ठाडो उजुरी दिनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं त ?,’ उनले भने ।

लामिछानेको नाममा ती सहकारीबाट लिएको ऋण फर्च्छ्यौट भइसकेको कुरा आफूलाई जानकारी रहेको पनि प्रधानमन्त्रीले बताए । माओवादी र कांग्रेसको सरकार हुँदाताका नै लामिछानेको नामको ऋण फर्छ्यौट भइसकेको दाहालले जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको