"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गाउँका सुन्तला बिक्रीबाट सहरमा घडेरी

प्रकाशित मिति :  १६ माघ २०७८, आईतवार १४:४६


माघ १२ पर्वत (रासस)। पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कका किसानले यस वर्ष करिब पाँच करोड रुपैयाँका सुन्तला बिक्री गरेका छन

अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन्।

व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा पाँच करोड रुपैयाँ भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए। उक्त गाउँमा गत वर्ष तीन करोड रुपैयाँ भित्रिएको थियो।

“बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौं, उनले भने, “पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे। माग पूरा गर्नै सकिएको छैन। ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ।”

बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन। किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन्।

“न्यूनतम पाँच लाख रुपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्”, अध्यक्ष खत्रीले भने,”बढीमा १९ लाख रुपैयाँसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन्।”

उनले यस वर्ष झन्डै १३ लाख रुपैयाँ आम्दानी गरेको सुनाए। उनका अनुसार गाउँमा सबभन्दा बढी भक्तबहादुर पाइजाले सुन्ताला बिक्री गरेका छन्।

उनले यस वर्ष झन्डै १६ लाख रुपैयाँ आम्दानी हुने बताए।

सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन्। उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ।

शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा बिक्री गर्न सहज भएको स्थानीयबासी कल्पना खत्रीले बताइन्। तर अधिकांश सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उनको भनाइ छ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ।

विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ।

यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन्। यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो। अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ। सिङ्गो गाउँ नै पहेंलपुर बनेको छ। माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन्। अधिकांश सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगैंचामा पनि व्यवसायीहरू आफैं गएर टिप्न थालेको स्थानीयबासी यामबहादुर गर्बुजाले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका विमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिना सकिँदा पूँजीगत खर्च भने बल्ल ३७ प्रतिशत पुगेको छ ।

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले