"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भरतपुर भ्रमण वर्ष : ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रकाशित मिति :  3 March, 2024 10:16 am


चितवन । सन् २०२४ भित्र २ लाख विदेशीसहित ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘भरतपुर भ्रमण वर्ष’ सुरु भएको छ । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रम सञ्चालन हुने योजना बनाएको छ ।

भरतपुरको आडमा दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज र हिन्दुहरूको प्रख्यात धार्मिक स्थल देवघाटधाम छ । भ्रमण वर्षका लागि महानगरले प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानवनिर्मितसमेत गरेर भरतपुरभित्र २२ वटा पर्यटकीय गन्तव्य तय गरेको मेयर रेनु दाहालले बताइन् ।

भ्रमण वर्षको शुक्रबार नारायणगढ नारायणी नदी किनारमा प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनमा प्रधानमन्त्रीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सत्तारूढ र विपक्षी दलका प्रमुख नेताहरू नै सहभागी थिए । मन्तव्यको प्रमुममा उनीहरूले भरतपुर र समग्र चितवन भ्रमण गर्न अपिल पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा