"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साइबर अपराधका घटनामा युट्युबरविरुद्ध प्रहरीमा उजुरी बढ्दो

प्रकाशित मिति :  २७ फाल्गुन २०७८, शुक्रबार २१:०८


काठमाडौँ । साइबर अपराधका घटनामा एकपछि अर्को युट्युबर जोडिन थालेका छन् । भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने मामिलामा युट्युबरहरू सक्रिय भएपछि पछिल्लो समय प्रहरीले उनीहरूमाथिको निगरानी बढाएको छ । प्रहरीको साइबर ब्युरोका अनुसार औसतमा प्रत्येक महिना तीन जना युट्युबरमाथि उजुरी पर्ने गरेको देखिन्छ । यस्ता अधिकांश उजुरीहरूमा मानहानी, चरित्रहत्या, अनर्गल प्रचार र भ्रमपूर्ण सूचनाहरू फैलाएको आरोप लाग्ने गरेको छ ।

२०७५ जेठमा नेपाल प्रहरीको साइबर ब्युरो स्थापना भएपछि हालसम्म ८८ युट्युबरहरूमाथि साइबर अपराधको उजुरी परेको छ । प्रहरीका अनुसार योबीचमा १९ जना युट्यबरहरू पक्राउ परेका छन् । पक्राउ परेका सबै युट्युबरमाथि विद्युतीय कारोबार ऐन २०६३ अर्न्तगत मुद्दा चलाइएको छ ।

साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालका अनुसार पक्राउ परेका सबैजसो युट्युबरमाथि चरित्रहत्या, मानहानी, भ्रमपूर्ण सूचनाको वितरणजस्ता आरोपहरू लाग्ने गरेको छ । नाबालिकामाथि बलात्कार र यौन हिंसाको आरोपमा पत्रकार पल शाह पक्राउको पृष्ठभूमिमा पक्राउ परेका युट्युबरहरूमाथि भने गोपनीयताको हक उल्लंघन, चरित्रहत्यादेखि अनुसन्धानलाई प्रभावित पार्न खोज्नेजस्ता आरोपहरू लागेका छन् ।

पल शाह पक्राउपछि मात्रै साइबर ब्युरोले दुई युट्युबर र युट्युबमार्फत‍ भ्रमपूर्ण कुरा फैलाउने एक जना पक्राउ परिसकेका छन् । ब्युरोले नेपाल मिडिया नामक युट्युबमार्फत भ्रम फैलाउने, अनर्गल वक्तव्यबाजी गरेको आरोपमा नार्गजुन ८ का ५३ वर्षीय हरि उदासी भन्ने हरि परियारलाई पक्राउ गर्‍यो । सोही दिन ब्युरोले विशाल नेपाल नामक युट्युब च्यानल चलाउने लमजुङ राइनस नगरपालिका घर भई हाल तारकेश्वर ४ बस्ने २७ वर्षीय निशान चिलवाललाई पक्राउ गर्‍यो । त्यसअघि प्रहरीले गत सोमबार क्लेब नेपाल नामक युट्युब च्यानलका संचालक रुपन्देहीको बुटवल नगरपालिका १३ रुपन्देही बस्ने २१ वर्षको राहुल थापा पक्राउ परे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज