"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवादित मन्त्री र सांसदमाथि अनुसन्धान गर्न गगन थापाको आग्रह

प्रकाशित मिति :  १४ फाल्गुन २०८०, सोमबार १४:३७


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा थापाले एकले अर्कालाई आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको उल्लेख गर्दै भने, ‘विगत केही दिनदेखि यता बसेकोले उता दागी देखाउने, उता बसेकोले यता दागी देखाउने दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो।’

आरोप–प्रत्यारोपले मूल विषय ओझेलमा परेका औँल्याउँदै थापाले विवादित व्यक्तिहरू कुन पार्टीका हुन् भन्ने नहेरी संसदभन्दा बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे।

‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ उनले भने, ‘सहकारी ठग्ने, दुई–चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको