"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१५ वैशाखमा उपचुनाव गर्ने आयोगको निर्णय

प्रकाशित मिति :  १३ फाल्गुन २०८०, आईतवार ११:५०


काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो