"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साउथ क्यारोलिनामा डोनाल्ड ट्रम्पको जित

प्रकाशित मिति :  १३ फाल्गुन २०८०, आईतवार ११:४१


काठमाडौं । अमेरिकामा यस वर्षको अन्त्यमा हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दिशामा डोनाल्ड ट्रम्पले साउथ क्यारोलिनामा महत्वपूर्ण जित हासिल गरेका छन् ।

पार्टीको प्राथमिक चुनावमा ट्रम्पले अन्तिम प्रतिस्पर्धी निक्की हेलीलाई पनि हराए । निक्की हेली साउथ क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन् । निक्कीले ट्रम्पलाई बधाई दिंदै चुनावी अभियान जारी राख्ने बताएकी छन् ।

यससँगै ट्रम्पले लगातार चौथो राज्यमा जित हासिल गरेको र रिपब्लिकन पार्टीको गढ मानिने राज्यमा ट्रम्पले राम्रो मत पाएको बीबीसीले जनाएको छ ।

साउथ क्यारोलिनामा पार्टीको तर्फबाट विजयी भएपछि ट्रम्पले भनेका छन्, ‘यो कमालको साँझ हो । हामी करिब १५ मिनेटसम्म खुसी मनाउने छौं र फेरि काममा जुट्ने छौं ।’

साउथ क्यारोलिनामा ट्रम्पले जित्ने सर्वेक्षण पहिले नै सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू