"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नामिबियासँग नेपालको लगातार दोस्रो हार

प्रकाशित मिति :  ९ फाल्गुन २०८०, बुधबार १६:०६


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल नामिबियासँग लगातार दोस्रोपल्ट पराजित भएको छ। नेपाल बुधबार अफ्रिकी टोली नामिबियाविरुद्धको दोस्रो खेलमा २ विकेटले पराजित भएको हो। १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित निश्चित गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए। माइकल भ्यान लिंगेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाएका थिए। नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एकएक विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रनमा समेटियो। नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतक प्रहार गरेका थिए। अन्य ब्याटरले भने सोचेअनुरूप प्रदर्शन गर्न सकेनन्। यसअघि फागुन ३ गते भएको खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो।

अर्को खेल शुक्रबार नामिबियाले नेदरल्यान्डस्सँग खेल्नेछ। आइतबार अन्तिम खेलमा नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौँ- एसीसी महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ। श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको शानदार जित निकाल्यो। शतप्रतिशत जितसँगै तीन खेलबाट