"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात महिनाको व्यापार घाटा ८ खर्ब ११ अर्ब

प्रकाशित मिति :  ९ फाल्गुन २०८०, बुधबार १४:१८


काठमाडौँ ।  चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा १.७७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । मुलुककाे व्यापार २९ वटा देशसँग नाफामा छ भने १२८ मुलुकसँग घाटामा छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । विभागकाे तथ्यांकअनुसार भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँले घाटामा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा

काठमाडौं – पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते प्रदर्शनी केन्द्रमा एक

काठमाडौँ – सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ। अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु

काठमाडौं – चिनियाँ टेक कम्पनी डीपसीकको एआई च्याटबटको बारेमा विश्वभर चर्चा भइरहेको छ । यहीँ जनबरी २० मा सार्वजनिक भएको