"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महासमिति समक्ष नेविसंघले राख्यो महाधिवेशन गर्ने कार्यतालिका

प्रकाशित मिति :  ९ फाल्गुन २०८०, बुधबार १२:०४


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन ०८१ असार ११ गते गर्ने गरी प्रस्ताव गरेको छ। कांग्रेसको जारी महासमिति बैठकमा सहभागी केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ महाधिवेशनको कार्यतालिका नै प्रस्ताव गरेका हुन्।

उनले चैत १५ देखि ०८१ वैशाख १५ गतेसम्म सुझाव सङ्कलन र सदस्यता वितरण गर्न प्रतिनिधि चयन गर्ने, प्रतिनिधि चयन गर्न सूची प्रकाशन वैशाख २५ मा, ०८१ जेठ १ गते मावि, उमावि, सिटिइभिटी, क्याम्पसका अधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

जेठ ३ गते स्थानीय, गाउँ/नगर अधिवेशन, जेठ ६-१० सम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरू अधिवेशन, जेठ १६ गते ७७ जिल्ला अधिवेशन, जेठ २५ गते प्रदेश अधिवेशन र ०८१ असार ११ गते १२ औं केन्द्रीय महाधिवेशन गर्न अध्यक्ष शेर्पाले प्रस्तावित कार्यतालिका पेश गरेका छन्।

लामो समयदेखि नेविसंघले महाधिवेशन गरेको छैन। कांग्रेसले महाधिवेशन गर्न भन्दै तदर्थ समिति बनाउँदै म्याद थप गर्दै आइरहेको छ। 

यसैबीच नेविसंघले यही फागुन १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक बस्नेछ। उक्त बैठकमा १२ औं महाधिवेशन मितिलगायत विषयमा पनि छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो