"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि उपकुुलपतिका लागि तीनजनाको नाम सिफारिस

प्रकाशित मिति :  19 February, 2024 11:54 am


काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र  प्रा. डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो।

सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको हो।

चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन हुन् भने, केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति र टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा