"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हुलाक सेवाका १६ सय ३६ दरबन्दी खारेज गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  २५ माघ २०८०, बिहीबार २१:१६


काठमाडौं । सरकारले हुलाक सेवाका दरबन्दी भारी मात्रामा कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हुलाक सेवा अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो। यसअनुसार अब केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज हुनेछन्। 

एक पालिका, एक हुलाकको सांगठनिक संरचना परिवर्तन गर्ने र त्यसअनुसार हुलाकको संरचना परिवर्तन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदा जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरू खारेज गर्ने र प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय राख्ने घोषणा गरेको थियो। सोही घोषणा कार्यान्वयन गर्न यो निर्णय गरिएको मन्त्री शर्माले बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम

काठमाडौँ – संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न संसद्मा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमा

काठमाडौँ – सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल

काठमाडौँ – राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति,