"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

प्रकाशित मिति :  २५ माघ २०८०, बिहीबार १३:२६


काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- एसीसी महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ। श्रीलंकाले थाइल्यान्डविरुद्ध १० विकेटको शानदार जित निकाल्यो। शतप्रतिशत जितसँगै तीन खेलबाट

काठमाडौं – ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेकाे छ। बिहीबार सार्वजनिक वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली ९३५.९३ अंकका

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट