"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर

प्रकाशित मिति :  २३ माघ २०८०, मंगलवार १२:१४


एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ।  संवैधानिक कामकारबाही नरोक्ने गरी उनले सार्वजनिक कामलाई स्थगित गरेका थिए। सोमबारदेखि राजा चार्ल्सको स्वास्थ्य परीक्षण सुरू गरिएको थियो। 

बिबिसीले बकिमहम प्यालेसलाई उदृत गर्दै लेखेको समाचारअनुसार राजा चार्ल्सलाई क्यान्सर देखिएको छ। ७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर लागेको भन्ने खुलेको छैन।

हालै उनको प्रोस्टेटको उपचार गराइएको थियो, जसक्रममा क्यान्सर भएको देखिएको थियो। यद्यपी प्रोस्टेट क्यान्सर नभएको बिबिसीले जनाएको छ। उनको लन्डन अस्पतालमा उपचार गराइएको थियो। 

प्यालेसले विज्ञप्ति जारी गरी राजालाई क्यान्सर भएको जानकारी दिए पनि अन्य विवरण सार्वजनिक गरेको छैन। क्यान्सरबारे चार्ल्स आफैंले आफ्ना दुवै छोरालाई जानकारी गराएका थिए।

अमेरिकामा रहेका राजकुमार ह्यारी उक्त खबरपछि बेलायत फर्किने लागेका छन्। वेल्सका राजकुमार विलियम्सले आफ्ना बुवासँग निरन्तर कुराकानी गरिरहेको बताएका छन्। 

बेलायतमा राजाले आधिकारिक काम कर्तव्य निभाउन नसकेमा राज्यका सल्लाहकारको रूपमा नियुक्त गर्न सक्ने संयन्त्र छ। राजा चार्ल्सले भने छिट्टै पूर्ण रूपमा निको भई काममा फर्किने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु

वीवीसी/ एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने

बीबीसी / एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच

एजेन्सी / वीवीसी । फ्रान्समा वामपन्थी गठबन्धनले ‘आश्चर्यजनक’ जित निकालेको छ। आइतबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको निर्वाचनबाट त्यहाँ वामपन्थी