"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा सांसदहरुको विद्युतीय हाजिरी गरिने

प्रकाशित मिति :  २२ माघ २०८०, सोमबार १७:२५


काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ । 

सभामुख घिमिरेले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर हुने टिप्पणीको अन्त्य गर्नका लागि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए । ‘आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागु गर्ने । विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने,’ कार्यव्यवस्था समितिले निर्णय गरेको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखले भनेका थिए, ‘प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयमा प्रश्न उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु । हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरौं । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’

संसद्का यसअघिका बैठक गणपूरक संख्या नपुगेर पटकपटक स्थगित गर्नुपरेको थियो । सांसदहरू हाजिरी गरेर संसद् बैठकबाट बाहिरिने गर्दा कुनै प्रस्ताव, प्रश्न निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर रोकिने गरेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्ले क्यालेन्डर लागु गर्ने अवस्थामा पुगेको बताएका थिए । उनले कार्यव्यवस्था परामर्श समितिमा भनेका थिए, ‘बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो