"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

६ महिनामा १० अर्बभन्दा बढीको विदेशी फलफूल आयत

प्रकाशित मिति :  १४ माघ २०८०, आईतवार १३:४८


काठमाडौँ । नेपालीले चालु आर्थिक वर्षमा १० अर्बभन्दा बढीको विदेशी फलफूल खाएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब ७३ करोड ३५ लाख ४३ हजार रुपैयाँको फलफूल आयात गरी उपभोग गरिएको हो । 

सोही अवधिमा नेपालबाट ६६ लाख १ हजार रुपैयाँको मात्रै फलफूल निर्यात भएको छ । नेपालले फलफूलमा १० अर्ब ७२ करोड ६९ लाख ४२ हजार व्यापार घाटा बेहोरेको छ । सरकारले फलफूलको कारोबारबाट ३ अर्ब १५ करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

नेपालमा भारत, चीन लगायत मुलुकबाट फलफूल आयात हुँदै आएको छ भने सोही मुलुकमा केही मात्रामा नेपालबाट फलफूल निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि संघीय संसद्को प्रतिनिधिसभामा सोमबार प्रि-बजेट प्रस्ताव पेस गरेका छन् ।

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३

काठमाडौँ ।  चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

काठमाडौँ । नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ । यो नेपालको कुल जनसंख्याको करिब