"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशभरी इसेवाबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

प्रकाशित मिति :  २५ फाल्गुन २०७८, बुधबार ११:२४


काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै यो रेमिट्यान्स सेवाले सहज बनाउने कम्पनीले दाबी गरेको छ । त्यस्तै, इसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी९ फोन दिने योजनासमेत ल्याएको छ । त्यसका लागि प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ