"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघले ‘रोबोटिक वार’ प्रतियोगिता आयोजना गर्ने

प्रकाशित मिति :  १० माघ २०८०, बुधबार १५:५३


काठमाडौँ । नेपाल विद्यार्थी संघले अन्तर्राष्ट्रियस्तरको रोबोटिक वार ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता माघ १३ देखि १५ गतेसम्म हुनेछ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको आयोजनामा काठमाडौंको दशरथ रङ्गशालामा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ हुने बताए । 

नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रीय सदस्य नारण पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्नेछन् । तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई साढे लाख, दोस्रो हुनेलाई डेढ लाख र अन्य श्रेणीमा विजयी हुनेलाई १ लाख रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो