"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मोदीले गरे अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा

प्रकाशित मिति :  ८ माघ २०८०, सोमबार १७:१९


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको अयोध्यामा निर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका छन् ।अयोध्यामा आज आयोजित विशेष समारोहमा रामलला (बाल्यकालीन राम)को मूर्ति प्राणप्रतिष्ठा भएको हो । प्राणप्रतिष्ठामा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख डा. मोहन भागवत, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनि सहभागी थिए । 

अयोध्यामा आयोजित कार्यक्रममा नेपालसहित विश्वभरबाट साधुसन्तलाई निमन्त्रणा गरिएको थियो । हिन्दूधर्मका विभिन्न सम्प्रदाय, मुस्लिम र क्रिश्चियन धर्मका अगुवा गरी सात हजारजना प्राणप्रतिष्ठामा सहभागी भएका थिए । राम मन्दिरपरिसरमा साधुसन्तलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले मन्दिरको प्राणप्रतिष्ठालाई नयाँ कालचक्रको उदभव भनेका छन् । 

‘जनवरी २२ क्यालेन्डरको एउटा मिति मात्र होइन, नयाँ कालचक्रको उदभव हो । मानिसहरूले अबको हजारौँ वर्षपछि पनि यो क्षण र यो मितिको चर्चा र सम्झना गरिरहनेछन्,’ मोदीले भने । उनले प्राणप्रतिष्ठा भएको क्षणलाई विजयको क्षण नभई विनयको क्षण रहेको पनि व्याख्या गरे । 

‘आज भारतीय समाजको परिपक्वताको क्षण हो । यो सामान्य समय होइन, नयाँ कालचक्र लामो समयसम्म रहने अमिट स्मृति रेखा हो,’ उनले भने । उनले राम भारतीयहरूको मात्र नभएर सबैको रहेको तथा वर्तमानका लागि मात्र नभएर युगौँसम्मका लागि भएको पनि बताए । 

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यालाई आधुनिक स्थान बनाउने उद्घोष गरे । ‘यहाँको विकासमा हजारौँ करोड खर्च हुनेछ । अयोध्यालाई आधुनिक नगरी बनाइनेछ,’ योगीले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ।

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको