"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख घिमिरेले गरे विषयगत समितिका सभापतिसँग छलफल

प्रकाशित मिति :  ७ माघ २०८०, आईतवार १२:१९


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ११ बजे सभामखुको कार्यकक्षमा हुन लागेको हो ।

प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरु छन् । ती समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिमा रहेका विधेयकको अवस्था कस्तो छ र आगामी संसद अधिवेशनलाई कसरी विजनेस दिन सकिन्छ भन्ने विषयमा छलफल गर्न लाग्नु भएको हो ।’

सरकारले यही माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशनयता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएको छ ।

हाल प्रतिनिधि सभामा विद्युतीय व्यापार विधेयक, राष्ट्रिय मर्यादासँग सम्बन्धित विधेयक र सम्पती शुद्धीकरणसँग सम्बन्धित विधेयक गरेर ३ वटा मात्रै विधेयक अगाडि बढ्नसक्ने अवस्थामा रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रिय सभामा भने हालसम्म कुनै पनि नयाँ विधेयक दर्ता नभएको प्रवक्ता गिरीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो