"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीको नेतृत्वमा भारत जोडो अभियान

प्रकाशित मिति :  २९ पुष २०८०, आईतवार १८:१०


काठमाडौं । भारतीय कांग्रेसले नेता राहुल गान्धीको नेतृत्वमा थालेको भारत जोडो अभियानको दोस्रो चरण आजदेखि सुरु गरेको छ । दोस्रो चरणको यो अभियानलाई ‘भारत जोडो न्याय यात्रा’ नाम दिइएको छ । मणिपुरको थौबल जिल्लाबाट दोस्रो चरणको अभियान सुरु भएको छ । मणिपुरमा आठ महिना अगाडि भड्किएको जातीय हिंसाबाट थौबल पनि प्रभावित भएको थियो ।

थौबलको खोंगजोम युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि गान्धीले अभियान सुरु गर्नेछन् । सन् १८९१ मा अंग्रेज-मणिपुर युद्धमा मारिएकाहरुको सम्झनामा खोंगजोममा युद्ध स्मारक बनाइएको हो । १४ जनवरीदेखि २० मार्चसम्म चल्ने दोस्रो चरणको अभियान यात्रा पूर्वमा मणिपुरदेखि पश्चिममा मुम्बईसम्म चल्ने छ । यस क्रममा राहुल गान्धी १४ राज्यका ८५ जिल्लामा पुग्ने छन् ।

यसअघि भारतीय कांग्रेसले पहिलो चरणको भारत जोडो अभियान सन् २०२२ को सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु गरेको थियो । यो यात्रा १३६ दिनपछि जम्मु कश्मिर पुगेर समापन भएको थियो । मूल्यवृद्धि, बेरोजगारी र भाजपाको विभाजनकारी राजनीतिविरुद्धसबैलाई एकजुट बनाउने उद्देश्यले कांग्रेसले ‘भारत जोडो’ अभियान सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू