"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

प्रकाशित मिति :  २३ पुष २०८०, सोमबार १२:०८


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ ।’

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । सूचनामा भनिएको छ, ‘ इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।’

समितिले गत शुक्रबार सूचना प्रकाशित गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानमा उल्लेख भएको उपकुलपतिका लागि आवश्यक प्रावधानबारे विवाद भएपछि आइतबार उक्त आह्वान रद्द गरेको सूचना निकालेको थियो ।

समितिले शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न’ भनि सूचना निकालेको थियो । यसको व्यापक विरोध भएको थियो । आज प्रकाशित सूचनामा शुक्रबारको प्रावधानलाई हटाएर ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ उल्लेख छ ।

शुक्रबार नै प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका थिए । दाहालले शुक्रबार शिक्षामन्त्री अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय