"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतमा एक सातामा विपक्ष दलका ९२ जना सांसद निलम्बनमा

प्रकाशित मिति :  ३ पुष २०८०, मंगलवार १२:०१


ऐजेन्सी । भारतमा एक साताको अवधिमा ९२ जना सांसद निलम्बनमा परेका छन्। गत डिसेम्बर १४ र सोमबार गरी जम्मा ९२ जना सांसद निलम्बित भएका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले लेखेको छ।

‘पटक–पटक संसदको कार्यवाही अवरूद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई निलम्बन गरिएको छ। जसमा भारतीय संसदको तल्लो सदन लोक सभाका ३३ जना र माथिल्लो सदन राज्य सभाका ४५ जना सांसद छन्।

त्यस्तै यसअघि लोक सभाका १३ र राज्य सभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बन गरिएको थियो। यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ।

गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोक सभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि सुरक्षा उल्लंघनको विषय उठाउँदै संसद पटकपटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन्।

सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए। निलम्बनपछि लोक सभाको नियमित काम-कारबाही दिनभरका लागि स्थगित गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू