"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड अब नयाँ ढंगले अघि बढ्ने

प्रकाशित मिति :  ३ पुष २०८०, मंगलवार ११:४१


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका छन् ।

राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘त्यो योजना अनुसार आज बिहान १० बजे नै उहाँ कार्यालयमा आइसक्नु भएको छ,’ शर्माले भने ।

सरकारका काम जनताको अपेक्षा अनुसार हुन नसकेको भनेर आत्मसमीक्षा गरेका प्रधानमन्त्री प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने घोषणा गरेका थिए । ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार मुख्य सचिव र सचिवहरुलाई आफू मंगलबारदेखि १० बजे नै कार्यालय आउने जानकारी गराउँदै अन्य कर्मचारीहरुलाई पनि समयमै कार्यालयमा उपस्थित भएर कामकाज गराउन भनेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै कार्यालयमा आएको बताए । ‘उहाँ कार्यभार सम्हालेदेखि नै भ्याली बाहिर जाँदा बाहेक प्राय हरेक दिन चाँडै नै कार्यालयमा आउनुहुन्थ्यो, आज त १० बजे नै आउनु भएको छ,’ प्रवक्ता भट्टले भने, ‘अबदेखि सधैं १० बजे नै कार्यालय आउने भन्ने सुनेको छु ।’

अन्य दिनहरुमा भने प्रधानमन्त्री प्रचण्ड विभिन्न भेटघाट र कार्यक्रममा बालुवाटारस्थित निवासमा व्यस्त हुँदा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुग्ने समय निश्चित हुने गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक