"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

औषधि व्यवस्था विभागले यी औषधि उत्पादनमा रोक

प्रकाशित मिति :  २९ मंसिर २०८०, शुक्रबार १३:०२


काठमाडौँ। औषधि व्यवस्था विभागले विभिन्न प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मूल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।

लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो। यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु रहेका छन्।

औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने महानिर्देशक ढकालले जानकारी दिए। ‘पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मूल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो। औषधि सल्लाहकार समितिको बैठकमा यसबारे थप निर्णय हुन्छ। समितिको बैठकमा यो पनि एउटा अजेन्डा बन्छ,’ महानिर्देशक ढकालले भने।

साथै औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्राण्डसमेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी