"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रालयले माग्यो स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण

प्रकाशित मिति :  २६ मंसिर २०८०, मंगलवार ११:२९


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेका हुन् ।

मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।

दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ ।

‘तहाँ महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेका स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको लागि यस आ.ब.को साउनदेखि आगामी असार मसान्तसम्मको लागि थप तलब माग भई आएको हुँदा उल्लिखित स्वीकृत स्थायी दरबन्दीबाहेकका कर्मचारीको तपसिलको ढाँचामा ७ दिनभित्र विवरण उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको २०८०।०८।२५ को निर्णय अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

तोकिएको समयमा विवरण उपलब्ध नभएमा यस वर्षको तलव भत्ता निकासा गर्न नसकिने मन्त्रालयको पत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय

स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन

काठमाडौं । पछिल्लो समय सहकारीप्रति आम नागरिकको विश्वास घट्दो छ । सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना हुने क्रम बढेसँगै सहकारीप्रतिको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय