"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपिन जोशीलाई छुटाउन कतारलाई नेपालको आग्रह

प्रकाशित मिति :  २५ मंसिर २०८०, सोमबार ११:३७


काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद दोहा फोरममा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्। २१ औं  दोहा फोरममा सहभागी हुन मन्त्री साउद शनिबार कतार पुगेका थिए। कतारका राजा शेख तमिम बिन हमद अल थानी उपस्थित फोरममा विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रतिनिधि गरी ३८ जना सहभागी थिए।

त्यहाँ परराष्ट्रमन्त्री साउदले कतारका सहायक विदेशमन्त्री र विभिन्न देशका प्रतिनिधिहरुसँग साइडलाइन छलफल गरेका थिए। कतार भ्रमणका क्रममा मन्त्री साउदले मुख्यतः तीन कुरा उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ; विपिन जोशीलाई बन्धकमुक्त गर्न पहल गर्नेबारे, आपसी हित र द्विदेशीय सम्बन्धबारे र विकासनिर्माणमा सहकार्यबारे।

अक्टोबर ७ मा प्यालेस्टाइनको अतिवादी समूह हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट इसराइलसहित २६ देशका २३९ जनालाई बन्दी बनाएर गजा पुर्‍याएको थियो। बन्दी बनाइएकाहरूमा नेपालका विपिन जोशी पनि छन्। नेपालले उनलाई बन्धकमुक्त गर्न कतार सरकारमार्फत लगातार प्रयास गरेपनि विपिन बन्धकमुक्त भएका छैनन्। गजा क्षेत्रमा लामो समयदेखि सरकार चलाइरहेको हमासलाई कतार सरकारले धेरै अघिदेखि आर्थिक र राजनीतिक सहयोग गर्दै आइरहेको छ।

हमासले बन्दी बनाएकाहरूलाई बन्धकमुक्त गर्ने प्रक्रियामा कतारले सुरू देखिनै भूमिका खेलेको छ। आफ्ना नागरिकलाई बन्धकमुक्त गर्न अमेरिकाले समेत कतारमार्फत नै प्रयास अगाडि बढाएको छ। दोहा फोरममा कतारका सहायक विदेशमन्त्री मोहम्मद बिन अबदुल्लाजिज् बिन सलेह अल खुलैफीसँग परराष्ट्रमन्त्री साउदले भेटवार्ता गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा मन्त्री साउदले विपिन जोशीलाई हमासको बन्धकबाट छुटाउन पहल गरिदिन आग्रह गरेका थिए। सहायक विदेशमन्त्री खुलैफीले कतार सरकारले जोशीलाई बन्धकमुक्त गर्न सुरूवातदेखि नै  प्रयास गरिरहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विपिन जोशीको विषय प्राथमिकताका साथ निरन्तर अगाडि बढाइरहेको सहायक विदेशन्त्रीले बताएको परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फोरममा मन्त्री साउदले  बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग पनि भेटवार्ता गरेका थिए। भेटमा  द्विपक्षीय सम्बन्ध र आपसी हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   विशेषगरी जलविद्युत र पर्यटनको विकासमा दुई देशको हितमा द्विपक्षीय सहयोगका विषयमा मन्त्री साउद र बंगलादेशका विदेशमन्त्री मोमेनसँग छलफल भएको छ।

फोरमकै साइडलाइन छलफलमा कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जशिम अल थानीले पनि मन्त्री साउदसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपालमा व्यापार, लगानी र पर्टकीय सम्भावनाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको

काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका