"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

प्रकाशित मिति :  २२ मंसिर २०८०, शुक्रबार ११:५०


काठमाडौँ ।  निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ। आयोगले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ। निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ।

आयोगले जारी गरेको सूचनाअनुसार पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ। पुस १६ गते निर्वाचनका लागि सातवटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ।

आगामी फागुन २० गतेबाट नेपाली कांग्रेसका ४, नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी (जसपा) का १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले