"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिलिपिन्समा शक्तिशाली भूकम्प

प्रकाशित मिति :  १७ मंसिर २०८०, आईतवार १०:४८


काठमाडौँ । फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

यस्तै, अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी प्रणाली सक्रिय भएपनि पछि त्यसको खतरा टरेको बताइएको छ ।

यसअघि, मिन्डानाओको पूर्वी तटमा स्थानीय समय अनुसार २२:३७ (१४:३७ जीएमटी) मा पहिलो भूकम्प गएपछि सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टलका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च जमिनमा जान भनिएको थियो। भूकम्पपछि जापानमा, फिलिपिन्सको उत्तर-पूर्वी क्षेत्रमा भने ०.४ मिटर (१.३ फिट) सम्मको सुनामी छालहरू देखिएका भने थिए । फिलिपिन्स वा जापानमा क्षति वा चोटपटकको तत्काल कुनै रिपोर्ट आएको छैन।

भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा, बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।

दुई टापु राष्ट्रहरू प्यासिफिक ‘रिङ अफ फायर’ को भाग हुन् जुन प्रमुख भूकम्पीय गतिविधिको क्षेत्रमा पर्छ र त्यहाँ विश्वको सबैभन्दा सक्रिय फल्ट लाइनहरू छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू