"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगारीका लागि बेलायत जादै नेपाली नर्स

प्रकाशित मिति :  १५ मंसिर २०८०, शुक्रबार १७:०१


काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन्। वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो। वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो।

तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन परेकामा दुुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७५ जना मात्रै छनोट भएका हुन्। जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो।

दुई देशबिच भएको श्रम सम्झौता अनुसार नेपाल र बेलायतबिच परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो। सोही प्रोटोकलले तोकेको व्यवस्था अनुरूप योग्य ठहरिएका ७१ जना नर्सले अन्तर्वार्ता उत्तीर्ण गरेपछि बेलायतमा रोजगारीका लागि अवसर पाउने छन्।

नेपाल नर्सिङ परिषद्को तथ्यांक अनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएकामा करिब ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको तथ्यांक छ। तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन्।

नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच २०७९ भदौ ६ गते बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने गरी श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको थियो। नेपालका तर्फबाट तत्कालीन श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबिच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन्

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका

काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक