"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षमा निधन

प्रकाशित मिति :  १४ मंसिर २०८०, बिहीबार १२:०३


काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ ।रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए ।

भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए । उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए । उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ ।

अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेको पनि बताउँथे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी