"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?

प्रकाशित मिति :  ८ मंसिर २०८०, शुक्रबार १७:३७


काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेको जनाएको छ। संघीय संसदको दुवै सदनको अधिवेशन गत कात्तिक १६ गते अन्त्य भयो। सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो।

संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ। यता, सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरूले सधैं भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरूको चाप निकै कम भएको छ। संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरू जारी रहने जनाएको छ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेको बताए। उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि विस्तृत रूपले छलफल गर्ने बताए।

त्यसैगरी समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरू समेत गर्ने उनले जानकारी दिए। 

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरू अपडेट गर्ने, भिडिओ तथा अडिओ रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका काम गर्ने गर्छ। त्यसैगरी वेबसाइटहरूलाई परिस्कृत गर्ने काम पनि यसै समयमा हुन्छ।

उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका काम पनि संघीय संसद सचिवालयले सम्पन्न गर्ने बताए।

उनले भने, ‘अधिवेशन अन्त्य भएपछि पनि समितिहरू सञ्चालनमै हुन्छन्। यी अवधिमा समितिमा विचाराधीन विधेयकहरूमाथि विस्तृत रूपमा छलफल हुन्छन्। संसदको अर्को काम सरकारको निगरानी गर्नु पनि हो। यो बीचमा समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरकार अथवा सम्बन्धित मन्त्रालयसँग जानकारी लिने, कार्यप्रगतिको बारेमा बुझ्ने, आवश्यकता अनुसार निर्देश गर्ने लगायतका विभिन्न तरिकाबाट निगरानीको कार्यसम्पादन पनि भइरहेको हुन्छ।’ 

उनले अघि भने, ‘त्यसै गरेर सचिवालयले पनि नियमित प्रकृतिका कामहरू, जस्तोः वार्षिक कार्यक्रमहरू यही अवधिमा प्राथमिकता दिएर कार्य सम्पादन गर्छ सचिवालयले। ती कार्यक्रमहरूलाई सचिवालयले यही समयमा अझ बढी प्राथमिकताका साथ कार्यान्वयन गर्ने गर्दछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन