"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

प्रकाशित मिति :  23 November, 2023 12:06 pm


काठमाडौँ। सरकारले स्वीजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकृत गर्नेलगायतको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै आजको बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कन्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। सुन तस्करको जाँचबुझ आयोगको माग अनुसार चार जना प्राविधिकसहितका जनशक्ति थप गर्न पनि आजको बैठकले स्वीकृत गरेको छ। त्यस्तै ऊर्जासचिव दिनेशकुमार घिमिरेले पदावधी सकिनुभन्दा एक महिना अगाडि दिएको राजीनामा पनि स्वीकृत भएको छ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा कात्तिक २४ गतेबाट नै लागू हुने गरी आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ