"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चाडपर्वमा आपराधिक घटना सामान्य, बढ्यो सडक दुर्घटना

प्रकाशित मिति :  ३० कार्तिक २०८०, बिहीबार १५:३४


नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन्।

‘समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो। छिटफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन। सडक दुर्घटना चाहिँ केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्यांक सार्वजनिक गरिनेछ’, उनले भने।

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ। दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन्। विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन्।

प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्यांक संकलनको कार्य भइरहेकाले एक-दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जाजरकोट । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि माध्यामिक विद्यालयमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

विराटनगर । कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक

काठमाडौँ । लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका