"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यालिफोर्नियामा बाइडेन र सीबिच महत्त्वपूर्ण भेटवार्ता

प्रकाशित मिति :  ३० कार्तिक २०८०, बिहीबार १४:५७


क्यालिफोर्निया, बीबीसी । क्यालिफोर्नियाको स्यानफ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच महत्त्वपूर्ण छलफल भएको छ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा दुई देशका प्रमुखबिच भएको यो छलफलले पछिल्ला कयौँ महिनादेखि जारी तनावलाई कम गर्ने अपेक्षा गरिएको छ ।

शिखर सम्मेलनपछि आयोजित करिब २० मिनेट लामो पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका र चीनबिच सैन्य संवाद पुनः सुचारु हुने जानकारी दिए । उनले राष्ट्रपति सीसँग सञ्चारको सीधा बाटो कायम राख्ने पनि जिकिर गरे । 

दुई देशले अमेरिकामा फेंटेनाइल उत्पादनको प्रवाहसँग जुध्ने प्रयास फेरि सुरु गरिने पनि राष्ट्रपति बाइडेनले जानकारी दिए । छलफलमा युक्रेन र पश्चिम एसियामा चलिरहेको युद्धका विषयमा पनि कुराकानी भएको उनको भनाई थियो । 

यस सम्मेलन सुरु हुनअघि बाइडेनले दुई देशबिचको प्रतिस्पर्धा संघर्षमा बदल्न नहुनेमा जोड दिएका थिए । उनले भनेका थिए, ‘म यो छलफललाई महत्त्व दिन्छु किनभने मलाई लाग्छ तपाईं र हामी बिना कुनै गलतफहमी एक अर्कालाई राम्रोसँग बुझ्न जरुरी छ ।’

गत फेब्रुअरीमा अमेरिकाले चीनको एक सन्दिग्ध बेलुनलाई खसाए पछि दुई देशबिचको सम्बन्धमा थप दरार पैदा भएको थियो । अमेरिकाले त्यो जासुसी बेलुन भएको दाबी गरेको थियो ।

सन् २०२२ को अगस्तमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन स्पीकर न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि दुई देशबिचको सम्बन्धमा नराम्रो असर परेको थियो । त्यस भ्रमणबाट रुष्ट चीनले अमेरिकासँग सैन्य संवाद नै बन्द गरेको थियो । 

दुई देशबिच दक्षिण चीन सागरमा सेनाको गतिविधि, इजरायल–हमास युद्ध, ताइवान, युक्रेन युद्ध र अमेरिकी चुनावमा चीनको कथित हस्तक्षेप जस्ता कयौँ मुद्दामा गहिरो मतभेद रहेको छ ।

  • बीबीसी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्। सरकारले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल

काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री