"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीकाका लगाइयो

प्रकाशित मिति :  २९ कार्तिक २०८०, बुधबार १७:२६


तस्बिर : रासस

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ। भाइटीकाको अवसरमा आज बुधबार बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खुला गरिएको थियो।

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ। सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा पुगेर पूजा आराधना गरेर टीका लगाउने गर्छन्।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

काठमाडौं / रासस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ