"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टचारको आरोपमा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले दिए राजीनामा

प्रकाशित मिति :  २२ कार्तिक २०८०, बुधबार ११:२८


एजेन्सी, वीवीसि । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन्। भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री कार्यालयका प्रमुख भिटोर एस्कारियालाई त्यहाँको प्रहरीले हिरासतमा लिएपछि प्रधानमन्त्री कोस्टाले मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डि सुजासमक्ष राजीनामा बुझाएका हुन्। राष्ट्रपति डिसुजाले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेको समाचार संस्था एसोसियट प्रेसले उल्लेख गरेको छ।  

आफ्नो कार्यालयका प्रमुख लिथियम उत्खनन्  र हाइड्रोजन परियोजनामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेको केही घन्टामा कोस्टाले पदमा रहिरहन नैतिकताले नदिने बताउँदै राजीनामा बुझाएका हुन्। राजीनामापछि उनले टेलिभिजन सन्देशमार्फत आफू कुनैपनि अपराधिक कृयाकलापमा संलग्न नभएको बताएका छन्। तर प्रधानमन्त्री पदको गरिमा बढाइराख्नका लागि आफूले पदबाट राजीनामा दिएको बताए। हाइड्रोजन प्लान्ट निर्माण र लिथियम अन्वेषण तथा उत्खनन् परियोजनामा भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री कार्यालयका प्रमुखसहित ५ जना पक्राउ परेको एपीले जनाएको छ।

त्यहाँको अदालतले  प्रधानमन्त्री कार्यालय, वातावरण मन्त्रालय, पूर्वाधार मन्त्रालयसहित ३७ वटा सरकारी तथा निजी कार्यालहरूमा छापा मारेको थियो। भ्रष्टाचार प्रकरणमा पूर्वाधार मन्त्री जोआओ गलम्बाको पनि संलग्नता रहेको आशंका गरिएको छ। उनी यसअघि उर्जा सचिव तथा पर्यावरण एजेन्सी, एपीएका अध्यक्ष समेत थिए। प्रधानमन्त्री कोस्टाकै संलग्नताबारे पनि त्यहाँको सर्वोच्च अदालतले छानबिन गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।

त्यसमा आफू कानुनलाई सहयोग गर्न तयार रहेको कोस्टाले बताएका छन्। प्रधानमन्त्री ‍कोस्टाले राजीनामा दिएपछि त्यहाँ मध्यावधि गर्ने कि अर्को सरकार बनाउने भन्ने विषय राष्ट्रपतिले दलहरूसँग छलफल गरी निर्णय गर्ने बताइएको छ। कोस्टाको पार्टी सोसलिस्ट पार्टीका अध्यक्ष कार्लोस् सिजर जुनसुकै निर्णयका लागि पनि आफू तयार भएको बताएका छन्।

विपक्षी दल सोसल डेमोक्र्याट्सका अध्यक्ष लुइस मन्टिनिग्रोले आफूहरू मध्यावधिका लागि तयार रहेको बताएका छन्। कोस्टा २०१५ देखि लगातार पोर्चुगलको प्रधानमन्त्री छन्। २०२२ को निर्वाचनमा पनि उनको पार्टीले बहुमत ल्याएपछि कोस्टा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए। भ्रष्टाचार प्रकरणपछि राजीनामा दिएका उनले चौथो कार्यकालमा प्रधानमन्त्रीको उम्मेदवार नबन्ने समेत घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु

वीवीसी/ एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने

बीबीसी / एजेन्सी ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच

एजेन्सी / वीवीसी । फ्रान्समा वामपन्थी गठबन्धनले ‘आश्चर्यजनक’ जित निकालेको छ। आइतबार सम्पन्न दोस्रो तथा अन्तिम चरणको निर्वाचनबाट त्यहाँ वामपन्थी