"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘सिस्नुपानी’को देउसी कार्यक्रम स्थगित

प्रकाशित मिति :  २१ कार्तिक २०८०, मंगलवार १२:५३


काठमाडौँ । सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ। हालैको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको हो। ​सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले ​भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको जानकारी दिए।

आचार्यले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। सिस्नुपानीले भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै पीडितको पुनस्स्थापनाका लागि सहयोगको आह्वान पनि गरेको छ।

सिस्नुपानी नेपालले हरेक वर्ष तिहार राजनीतिकर्मी तथा समाजका अन्य अन्य प्रतिष्ठित व्यक्ति भेला गरे व्यंग्यात्मक देउसी खेल्ने गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राजनीतिमा कलम चलाउँदै शासक र प्रशासकहरूलाई प्रश्न गर्दै आएका विष्णु सापकोटाको पहिलो उपन्यास ‘अडिएका पाइला’ शनिबार प्रज्ञाप्रतिष्ठानको डबलीमा लोकार्पण

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मवृत्तान्त ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक मंगलबार सार्वजनिक भएको छ । पुस्तक पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा

काठमाडौँ । फिल्म ‘दिमाग खराब’ काे प्रदर्शन नरोकिने भएको छ। फिल्म निर्माण कम्पनी सिनेमा आर्ट्स र नेपाल चलचित्र संघबीचको सो

काठमाडौँ ।  हलमा आजदेखि फिल्म ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ।  जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।